बिएल संवाददाता
विश्वका १४ वटै हिमालकाे दाेहाेराे आराेहरण गरेर कीर्तिमानी कायम गरेका सानु शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सम्मानित भएका छन्।
शेर्षालाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले सम्मानपत्र हस्तान्त्रण गरेका हुन्। त्यस्तै मन्त्री श्रेष्ठले १ महिनाकाे तलब ७० हजार ७ सय ३० रुपैयाँ बराबरकाे चेकसमेत सम्मान स्वरुप हस्तान्त्रण गरे।
संखुवासभा जिल्लामा जन्मेका ४७ वर्षीय शेर्पा सुप्रसिद्ध नेपाली पर्वतारोही हुन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट ८ हजार मिटर अग्ला हिमालको आरोहण सुरु गरेका थिए।
सन २००६ देखि २०१९ को बीचमा सानुले विश्वको सबै ८ हजार मिटर अग्लो चुचुरो चढेका थिए। दुर्गम गाउँका गरीब परिवारमा जन्मेका सानु सन २००५ मा जागिरको खोजीमा काठमाडौं आएका थिए।
पर्यटन क्षेत्रमा पहिलो पटक भरियाको जागिर पाए। उनले कोरियाली टोलीले चो ओयु पर्वतारोहणको पहिलो पटक हिमालतर्फ लागे। भरिया हुँदै पछि उनले हिमाल एक्सपिडिशनको नेतृत्व गर्न थाले र सन् २०१९ मा पहिलो पटक १४ चुचुरो आरोहण गर्ने उनी तेस्रो नेपाली आरोही बनेका थिए।
सानु नेपाल, चीन र पाकिस्तानमा रहेका ८,००० मिटर (२६,००० फीट) भन्दा माथिका सबै १४ वटा चुचुरो आरोहण गर्ने नेपाल र दक्षिण एसियाका तेस्रो व्यक्ति हुन्।
उनले आफ्नो प्रारम्भिक जीवनकालमा संखुवासभा जङ्गलमा भेडा र चौरी चराएर गोठालाको रुपमा जीवन बिताएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया