शनिबार, १२ जुलाई २०२५

मेसिनमा परेर मोरङको आरती स्ट्रिप्सका एक कामदार घाइते 

बिएल संवाददाता

बिएल संवाददाता

मोरङ
2022-12-21 11:42:00
News Image
• • •

मोरङको बुढीगंगा गाउँपालिकामा रहेका आरती स्ट्रिप्स उद्योगका एक कामदार घाइते भएका छन्।

बुधबार बिहान उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव घाइते भएका हुन्।

उद्योग स्रोतका अनुसार काम गर्ने क्रममा मेसिनमा पर्दा ऋषिदेवको देब्रे खुट्टा छिनेकाे  र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। 

ऋषिदेवले एक वर्षदेखि उक्त उद्योगमा काम गर्दै आएका थिए। 

मेसिनमा परेर घाइते भएका उनको बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। खुट्टा छिनेका कारण जोडन सम्भव भएसम्म थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको उद्योगले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?