छापामा तेस्रो ताघ्रिङ पर्यटन उत्सव हुने

File Photo
File Photo

उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिका-४ ताघ्रिङमा तेस्रो ताघ्रिङ पर्यटन उत्सव हुने भएको छ।

गुरुङहरुको महान पर्व तमु ल्होछारको अवसरमा पुष १४ र १५ गते पर्यटन उत्सव तथा ल्होसार पर्व विशेष कार्यक्रम हुने भएको हो।

उत्सवमा बाघेता स्तरीय विद्यालय तथा क्लबको नृत्य प्रतियोगिता र वडा नम्बर ४ का टोल स्तरीय आमा समुहहरुको नृत्य प्रतियोगिता हुने भएको छ। प्रतियोगितमा प्रथम हुने टिमलाई नगद पाँच हजार र प्रमाण पत्र प्रदान गरीने तघ्रिङ पर्यटन उत्सव तथा ल्होसार पर्वका अर्थ संयोजक पदम गुरुङले जानकारी दिए। 

यसैगरी उत्सवको अवसरमा महिला तथा पुरुषको डोरी तान्ने प्रतियोगिता हुने वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर गुरुङले बताए। प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टिमलाई नगद तीन/तीन हजार र प्रमाण पत्र, द्वितीयलाई नगद दुई/दुई हजार प्रदान गरिने छ।

त्यसै गरी उत्सवमा हुने पानी सारी प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई हजार पाँच सय र द्वितीयलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने छ।

बाघेता स्तरीय छेलो प्रतियोगिता र टोलस्तरीय महिला कुर्चीचाल हुने भएको छ। छेलो प्रतियोगिता र महिला कुर्चीचालतर्फ प्रथमलाई पुरस्कार नगद एक/एक हजार र प्रमाण पत्र र द्वितीयलाई नगद पाँच/पाँच सय र प्रमाण प्रदान गरिने वडा अध्यक्ष गुरुङले बताए।

तमु ल्होसारको अवसरमा हुने उत्सव तथा पर्वमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांस्कृतिक कार्यक्रमसमेत हुने भएको छ।

प्रकाशित मिति: : 2022-12-20 19:51:00

प्रतिकृया दिनुहोस्