महोत्तरीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

महोत्तरीको बर्दिवासबाट मोटरसाइकल चोरी गर्ने गर्ने गिरोह पक्राउ परेको छ। मकवानपुरकाे बकैया बस्ने अमर भनिने तीर्थमान लामा र बारा सिमरा जितपुर बस्ने अमृत भनिने बुद्ध वाइवालाई सामेबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

औरही-बर्दिबास सडक खण्डको पसल अगाडि पार्किङ गरेर राखेको पल्सर बाइक हराएपछि खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए।

बर्दिबास क्षेत्रमा धेरै बाइक चोरी हुन थालेपछि प्रहरीले केही समयदेखि सक्रियता बढाउँदै आएको छ। पक्राउ परेका दुवैजनाबाट चोरीका बाइकको विषयमा थप रहस्य खुल्न सक्ने प्रहरीको अनुमान छ। अस्थायी रूपमा सर्लाहीको बागमती बस्ने दुवैजना अहिले प्रहरी हिरासतमा छन्।

जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियालाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनाबाट प्रहरीले बा५५प ७९२२ नम्वरको बाइकसमेत बरामद गरेको थियो।

 

प्रकाशित मिति: : 2022-12-20 12:39:00

प्रतिकृया दिनुहोस्