अर्जेन्टिनाले जित्यो विश्वकप, पूरा भयो मेस्सीको सपना

विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक फुटबल फाइनलमा अर्जेन्टिना विजयी भएको छ। 

३–३ मा बराबर भएपछि पेनाल्टी किकमा गएको खेलमा साविक विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो। 

यो जितसँगै अर्जेन्टिनाले तीनपटक विश्वकप जितेको छ । यसअघि अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकप जितेको थियो। 

खेलका नायक अर्जेन्टिनी गोल किपर मार्टिनेज रहे। उनले २ गोल रोकेर अर्जेन्टिनालाई च्याम्पियन बनाए। उनले क्वार्टरफाइनल र सेमिफाइनलमा पनि दुई दुई गोल रोकेर अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए । 

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा रहेको खेलमा अतिरिक्त ३० मिनेटको समयमा १– १ गोल भएर फेरि बराबरी भएको थियो।

फ्रान्सका तीनवटै गोल यस विश्वकपका गोल्डेन बुट बिजेता एम्बाप्पेले गरे । उनले २ गोल पेनाल्टीमार्फत् गोल गरे। पेनाल्टी किकमा पनि गोल गरेर आफ्नो गोल संख्या ४ पुर्याए । तर, यतिका गोलको वर्षा गर्दा पनि त्यसले फ्रान्सलाई विश्वकप दिलाएन ।

खेलमा मेस्सीले ३ गोल गरे । उनले एक गोल नियमित गरे भने दुई गोल पेनाल्टीमा गरे ।  मेस्सीले यो संस्करणको विश्वकपमा ७ गोल गरे पनि गोलको यो संख्या गोल्डेन बुट जिताउन पर्याप्त भएन । ८ गोल गरेका एमबाम्पेभन्दा उनी एक गोलले पछि परे । 

प्रकाशित मिति: : 2022-12-18 23:30:00

प्रतिकृया दिनुहोस्