पिठ्यूँमा झोला र ‘अमेरिकी सपना’ बोकेर दौडिरहेका हजारौँ आप्रवासीहरू

The New York Times
The New York Times

उत्तर अमेरिकाको एउटा देश जहाँबाट हजारौँ आप्रवासीहरू अमेरिका भित्रिरहेका छन्।

मेक्सिको–अमेरिका सीमा पर्खाल नाघेर दैनिक दुई हजारभन्दा बढी आप्रवासीहरू अमेरिका छिर्छन्। उज्जवल भविष्यको खोजी गर्दै आसपासका देशहरूबाट अवैध रूपमा अमेरिका पलायन हुने आप्रवासीको संख्या दिनदिनै बढ्दै गइरहेको छ।

अमेरिकी प्रान्त टेक्सासको एल–पासो सहरस्थित मेक्सिको–अमेरिका सीमाबाट हजारौँ आप्रवासीहरू आइपुगेका छन्। उनीहरू मेक्सिकोको निकारागुआबाट अमेरिकाको एल–पासो पसेका हुन्।

सोमबार एकाबिहानै सीमाक्षेत्रको रियो ब्राभो नदी तरेर एक हजारभन्दा आप्रपासीहरू अमेरिका भित्रिएका छन्। हप्ता दिनयता करिब दुई हजारभन्दा बढी आप्रवासीहरू अवैध रुपमा अमेरिका आइपुगेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

गत अक्टोबरमा झण्डै ५० हजार आप्रवासीहरूले अवैध रुपमा मेक्सिको पर्खाल नाघेका थिए। भेनेजुयला, निकारागुआ, हाइटी, प्यूर्टो–रिको र डोमिनिकाबाट सबैभन्दा धेरै आप्रवासीहरू आइरहेका छन्। उनीहरू राम्रो काम पाउने आशामा अमेरिका भित्रिएका हुन्।

आप्रवासीहरू एनजीओको सहयोगमा रियो ब्राभो नदी छेउ पुगेका थिए। लगतै उनीहरू नदी तरेर अवैध रूपमा एल–पासो सहर भित्रिए। काखमा बच्चा र पिठ्यूँमा झोला बोकेर नदी पार गरेर अर्काको मुलुक छिरे।

सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण सीमामा प्रतिबन्ध लगाइयो। तर प्रतिबन्ध हटेपछि अमेरिका वरपरका देशबाट हजारौँ आप्रवासीहरू फेरि भित्रिरहेका छन्।

निकारागुआबाट लुक्दै, छिप्दै अमेरिकी सपना बोकेर हिँडिरेहका उनीहरूलाई गत हप्ता मेक्सिकन अधिकारीहरूले पक्राउ गरे अनि छोडे। त्यसपछि उनीहरूले सहजै अमेरिका प्रवेश पाए। अनेकौँ हन्डर ठक्कर खाँदै अमेरिका छिरेका ती आप्रवासीहरूले अब महिनौँसम्म कागजी झमेला झल्नेछन्।

प्रकाशित मिति: : 2022-12-18 13:43:00

प्रतिकृया दिनुहोस्