१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

File Photo
File Photo

बर्लिनको र्याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ। एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन्।

१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५ दशमबल ८५ मिटर उचाई (५३ फिट) अग्लो थियो। त्यसलाई  संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो।

विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन्। त्यहाँ अविश्वसनीय क्षति भएको प्रहरीले जनाएको छ। भिडियोमा होटलको लबीमा पानी खन्याएको खाली ट्याङ्की देखाइएको छ।

पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्राप्त विवरणहरुमा जनाइएको छ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले बताए। 

एक्वैरम चर्को आवाज र कम्पनले फुटेपछि आफू व्युझिएको एक आगन्तुकले बताएका छन्। लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताए।

प्रकाशित मिति: : 2022-12-17 10:02:00

प्रतिकृया दिनुहोस्