पाटर दरबार क्षेत्रमा आजदेखि फोटोप्रदर्शनी (तस्विहरू)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरले आफ्नो स्थापनाको एक सय ४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनी आयोजना गरेको छ। 

ललितपुर नगरप्रहरीको संयोजनमा आयोजित फोटो प्रदर्शनीमा महानगरप्रमुख चिरीबाबु महर्जनले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। 

पाटन दरबार परिसरमा २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा ललितपुर महानगरभित्र नगरप्रहरीले गरेका काम समेटेर खिचिएको फोटो राखिएको छ। 

फोटो प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले नगरप्रहरीले गरेका कामका कारण ललितपुर सफा सन्दुर र व्यवस्थित भएको बताए।

उनले भने्,‘नगरप्रहरीको टिमलाई म विशेष धन्यवाद दिन्छु, उहाँहरु सहरलाई सुन्दर र व्यवस्थित बनाउन थप मिहिनेत गर्दै अघि बढ्नु हुनेछ।’ उनले भने। 

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, २९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-12-16 14:35:00

प्रतिकृया दिनुहोस्