ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीले गर्याे सम्मान (तस्विरहरू)

शनि शाक्य

ललितपुर

प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित भएका ६ जना सांसदहरूलाई सम्मान गरेको छ। 

प्रेस नेपालले बिहिबार ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरेकाे हाे। 

चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाईलाई सम्मान गरेका हुन्।  

प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाई प्रदेश सभा सदस्य हुन्। 

चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए। त्यसैगरी प्रेम महर्जनले सम्मान ग्रहण गर्दै भने, 'हामी नेपालकाे इतिहास बाेकेर हिँड्ने छाैँ।'

कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गरेका थिए।

प्रकाशित मिति: : 2022-12-15 12:51:00

प्रतिकृया दिनुहोस्