लुम्बिनी प्रदेश सरकारले झण्डात्तोलन गर्दै स्थायी राजधानी दाङकाे राप्ती गाउँपालिका-३ देउखुरीबाट कार्य प्रारम्भ गरेको छ।
बुधबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनले झण्डात्तोलन गर्दै कार्य प्रारम्भ भएको घोषणा गरे।
बुधबार (आजै) प्रदेश प्रमुख शेरचनले औपचारिक रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन पनि गरे। स्थायी राजधानी घाेषणा भएकाे दुई वर्षपछि स्थायी राजधानीबाट प्रदेश सरकारले काम सुरू गरेपछि दाङका उत्साह छाएकाे छ।
कार्य प्रारम्भ कार्यक्रममा उत्साहका साथ स्थानीयकाे सहभागीता छ। राजधानीमा स्वागतका लागि ठाउँ-ठाउँमा स्वागत गेट बनाइएकाे छ।
कार्यक्रममा झाँक्रीसहित विभिन्न साँस्कृतिक झल्काउने कला संस्कृति प्रदर्शन गरिएकाे छ। अहिले कार्यक्रम जारी छ।
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो।























यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया