लुम्बिनी प्रदेश सरकारले झण्डात्तोलन गर्दै स्थायी राजधानी दाङकाे राप्ती गाउँपालिका-३ देउखुरीबाट कार्य प्रारम्भ गरेको छ।
बुधबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनले झण्डात्तोलन गर्दै कार्य प्रारम्भ भएको घोषणा गरे।
बुधबार (आजै) प्रदेश प्रमुख शेरचनले औपचारिक रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्घाटन पनि गरे। स्थायी राजधानी घाेषणा भएकाे दुई वर्षपछि स्थायी राजधानीबाट प्रदेश सरकारले काम सुरू गरेपछि दाङका उत्साह छाएकाे छ।
कार्य प्रारम्भ कार्यक्रममा उत्साहका साथ स्थानीयकाे सहभागीता छ। राजधानीमा स्वागतका लागि ठाउँ-ठाउँमा स्वागत गेट बनाइएकाे छ।
कार्यक्रममा झाँक्रीसहित विभिन्न साँस्कृतिक झल्काउने कला संस्कृति प्रदर्शन गरिएकाे छ। अहिले कार्यक्रम जारी छ।
२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो।























ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया