जुम्लाले संघीय संसदमा प्रत्यक्षतर्फ एक मात्र प्रतिनिधि पाए पनि समानुपातिकतर्फ तीन सांसद पाएको छ । चारमध्ये तीन सांसद ३१ वर्षमुनिका दिएर जुम्ला युवा राजनीतिज्ञहरूको सम्भावना भएको जिल्ला पनि सावित भएको छ ।
प्रत्यक्ष तर्फ निर्वाचित भएका राप्रपा प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) अहिले ३० बर्षका भएका छन्।
यसैगरी जुम्लामा समानुपातिकतर्फ पनि तीन सांसद निर्वाचित भएका छन्। जसमा रास्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल र नेकपा माओवादी केन्द्रकी छिरिङ लामा रहेका छन्।
यी तीनमध्ये विनिता २७ वर्ष र छिरिङ ३१ वर्षका हुन् ।
समानुपातिकमा १० हजार ५ सय ४८ मत सहित पहिलाे भनेकाे नेकपा एमालेबाट भने जुम्लामा काेहि पनि पर्न सकेका छैनन्।
नेपाली काँग्रेेेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेकाे थियाे भने माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेकाे थियाे।
त्यसैगरी राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेकाे थियाे भने राष्ट्रिय स्वतन्त्र पाटिले ८९९ मत प्राप्त गरेकाे थियाे।