किन उत्रिए 'द न्युयोर्क टाइम्स'का १४ सय पत्रकार हडतालमा ?

File Photo
File Photo

तलब वृद्धिको माग राख्दै 'द न्युयोर्क टाइम्स'का १४ सय पत्रकार काम छाड्दै


अमेरिकी समाचार संस्था 'द न्युयोर्क टाइम्स'का १४ सयभन्दा बढी कर्मचारीहरूले हडताल गरेका छन्।

अमेरिकाको पेपर अफ रेकर्ड भनेर चिनिने मिडिया आउटलेटका पत्रकार र अन्य कामदारहरू कम्पनीसँग सन्तुष्ट छैनन्।

टाइम्स प्रशासनसँग महिनौँदेखि समाधानको अपेक्षामा पर्खि बसेका सयाैँ पत्रकार र कर्मचारीहरू अन्ततः समाचार कक्ष बन्द गर्न बाध्य भएका छन्। उनीहरूले मिडियाका उच्च अधिकारीलाई एउटा पत्र लेख्दै खाइपाइ आएकाे ज्याला र सेवा–सुविधा नबढाएमा हडताल जारी राख्ने चेतावनी दिएका छन्।

'टाइम्स गिल्ड'का सदस्यहरूले विज्ञापन र प्रशासन शाखासहित सबै विभागमा कार्यरत झण्डै १४ सयभन्दा बढी टाइम्सकर्मीले तलब वृद्धिका लागि दबाब दिइरहेका छन्।

टाइम्सका प्रमुख कार्यकारी मेरिडिथ कोपिट लेभिएनले आफ्नो हडताललाई पाठकसामु 'निराशाजनक र कठोर कदम' भएकाे बताएका छन्। टाइम्सका पत्रकारहरूले पर्याप्त मात्रा तलब वृद्धि, सेवा–सुविधा विस्तार र काम गर्न सक्ने सहज वातावरण होस् भन्दै नेतृत्वसामु माग राखेका छन्।

प्रकाशित मिति: : 2022-12-10 08:10:00

प्रतिकृया दिनुहोस्