तलब वृद्धिको माग राख्दै 'द न्युयोर्क टाइम्स'का १४ सय पत्रकार काम छाड्दै

NY Times
NY Times

संसारको सबैभन्दा विश्वासिलो र भरपर्दो दैनिक पत्रिका द न्युयोर्क टाइम्सका समाचारदाताले अब 'स्टाेरी'हरू लेख्ने छैनन्। उनीहरू समाचार–स्रोत खाेज्दै हिँड्ने छैनन्। फोटो पत्रकारहरू आरामले घरमै बस्नेछन्। यदि टाइम्सको अनलाइन संस्करणमा छापिएका समाचारमुनि असभ्य टिप्पणी पोस्ट भएमा ती टिप्पणी हटाउन पनि कर्मचारी भेटिने छैनन्।

बिहीबार द न्युयोर्क टाइम्समा कार्यरत ११ सय भन्दा बढी पत्रकारले अनेकौँ माग राख्दै काम रोक्ने धम्की दिएपछि प्रकाशक समूह पर्ख र हेरकाे अवस्थामा छ। 'टाइम्स गिल्ड'का सदस्यहरूले विज्ञापन र प्रशासन शाखासहित सबै विभागमा कार्यरत झण्डै १४ सयभन्दा बढी टाइम्सकर्मीले तलब वृद्धिका लागि दबाब दिइरहेका छन्।

टाइम्स प्रशासनसँग महिनौँदेखि समाधानको अपेक्षामा पर्खि बसेका सयाैँ पत्रकार र कर्मचारीहरू अन्ततः समाचार कक्ष बन्द गर्न बाध्य हुँदैछन्। उनीहरूले मिडियाका उच्च अधिकारीलाई एउटा पत्र लेख्दै खाइपाइ आएकाे ज्याला र सेवा–सुविधा नबढाएमा आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

टाइम्सका प्रमुख कार्यकारी मेरिडिथ कोपिट लेभिएनले आफ्नो हडताललाई पाठकसामु 'निराशाजनक र कठोर कदम' भएकाे बताएका छन्। टाइम्सका पत्रकारहरूले पर्याप्त मात्रा तलब वृद्धि, सेवा–सुविधा विस्तार र काम गर्न सक्ने सहज वातावरण होस् भन्दै नेतृत्वसामु माग राखेका छन्।

सन् १९८१ पछि टाइम्स हाउसमा यत्राे समूह आन्दोलित भएको हो। सन् २०१७ मा टाइम्सका कर्मचारीहरूले सामान्य माग राखेपनि यो हदसम्मको आन्दोलन गरेका थिएनन्। त्योबेला कर्मचारी कटौती र समाचार सम्पादन कक्षका कर्मचारी हटाएको विरोधमा नाटक कार्यालयभित्रै प्रदर्शन गरिएको थियो।

चुनौतीपूर्ण आर्थिक वातावरणको हवाला दिँदै धेरै मिडिया कम्पनीले आफ्ना पत्रकार र कर्मचारीलाई हटाइरहेका बेला टाइम्समा पनि यसप्रकारको विवादले स्थान पाएको छ। द न्युयोर्क टाइम्सलाई सर्वाधिक सफल मिडिया उद्योगका रुपमा लिइन्छ। तर पत्रकार र कर्मचारीको आन्दोलनले एउटा गम्भीर प्रश्न उठाएको छ। गत हप्ता व्यवस्थापन पक्षसँग भएको वार्तामा आन्दोलित समूह गिल्डले सन् २०२३ र २०२४ मा कम्तीमा ५.५ प्रतिशत तलब वृद्धिको माग गरेको थियाे।

प्रकाशित मिति: : 2022-12-08 19:27:00

प्रतिकृया दिनुहोस्