यसरी मनाइयाे याेमरी पूर्णिमा (तस्बिहरू)

शनि शाक्य

काठमाडौं

प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने याेमरी पूर्णिमा देशभरका नेवार समुदायले मनाएका छन्।

चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ। हिजोआज चाकुका सटा खुवालगायतका अरु खाद्य पदार्थ राखेर पनि योमरी पकाउने चलन बढेको छ।  

घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन्। नेपाल भाषामा ‘यो’ को अर्थ मनपर्ने र ’ मरी’ को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो। 

 

प्रकाशित मिति: : 2022-12-08 15:43:00

प्रतिकृया दिनुहोस्