नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी 'साेनाम'ले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सघाउने दलसँग गठबन्धन गर्नुपर्ने राय राखेका छन्।
माओवादीको समर्थनमा नेकपा (एमाले)बाट केपी शर्मा ओली र नेपाली कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो प्रचण्डको भएको उनकाे तर्क छ।
‘अबको नयाँ सरकारको जुन दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्छ,’ दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै केसी भने।
उनले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेसमा इन्मारदार नभएकाले अब नयाँ सिराबाट सहकार्यको थालनी गर्नुपर्ने बताएका छन्। केसीले अब माओवादीले प्रधानमन्त्रीको अडान नछाड्ने दाबीसमेत गरे।
सत्ता समिकरणको कोर्ष नयाँ दिशामा पुगेको उनले बताएका छन्। संघकाे सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरू मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने केसीले बताएका छन्।