कसरी बन्छ नयाँ सरकार ?

BreaknLinks
BreaknLinks

सरकार गठनका पाँच सम्भावना



आम निर्वाचनको परिणाम आइसकेको छ। परिणाम कसैले पनि सोचेजस्तो छैन। न सत्तारूढ गठबन्धनले, न प्रतिपक्षी तालमेलले। न पुराना दलले, न नयाँ दलले। अरूको त के कुरा गर्नु जनता जनार्दन भनिएका मतदाता पनि आफैँले दिएको अहिलेको जनादेश देखेर छक्क परेका छन्।

यसपटकको जनादेश खण्डित हुने थियो, भयो नै। त्यही सम्भावना टाल्न देशका ठूला दलले चुनावपूर्वको गठबन्धन गरेका थिए। तर, यो पनि सफल हुन सकेन। फलतः मुलुकले विचित्रको त्रिशंकु संसद् पाएको छ। जहाँ, सत्ता मोलतोलको खेलमा ठूला दल कमजोर र साना दल बलवान हुने गजबको अभ्यास देखिने निश्चितप्रायः छ।

चुनावको परिणाम आएसँगै हार्नेहरू अझै पनि हारको सही कारण देखिरहेका छैनन्, जित्नेहरू पनि आफ्नो जितका कारण भेटिरहेका छैनन्। दुई चार सय मतले हार्ने हुन् वा १०–२० हजारले, सबै हारको कारण धाँधली नै बताइरहेका छन्।

उता, जित्नेहरू भने आफू जनताको सेवक भएकाले जितेको भनेर आत्मरतिमा रमाइरहेका छन्। यथार्थमा यहाँ जित पनि जित जस्तो छैन, हार पनि हारजस्तो छैन। केही अपवादहरू छन् जसलाई सामान्यीकरण गर्न सकिँदैन।

यो हारजितको आत्मरति मूल्यांकनको सिलसिला यहाँ चलिरहन्छ, हार्नेहरू कोही मुखको तीतो पोख्छन्, कोही अड्डा अदालत पनि जालान्। कोही लेख लेख्छन्, कोही अन्तर्वार्ता दिन्छन्। कोही पीडामा पिउलान् पनि। यो क्रम अर्को चुनावसम्म पनि चलिरहन्छ। हार्नेको कसले इतिहास लेख्छ र लेखिने त जित्नेहरूकै हो। भनाइ नै छ, जो जित्छ उही सिकन्दर।

अब यी सबै विगत भए। बढीमा सन्दर्भका रूपमा यिनीहरुको यदाकदा चर्चा–परिचर्चा हुने हो। यसै पनि नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुने देश हो नेपाल। अलिअघिका कुरा सम्झने कसलाई फुर्सद हुन्छ र ?

अब आगतको कुरा गरौं। शक्ति केन्द्रहरूमा सरकार गठनको चहलपहल सुरू भएको छ। कसैको पनि बहुमत नभएको र कसैको पनि भर नहुनेखालको परिस्थिति सिर्जना भएकाले हरेक कुराहरू पेचिला हुँदैछन्। यस्तै बेला हुने हो नानाथरिका आकलन। अहिले सरकार कसरी बन्ला, त्यसैको आकलन मौसम सुरू भएको छ।

राजनीतिमा अनेक भनाइ छन्। जस्तो कि, राजनीतिमा असम्भव भन्ने केही हुँदैन, यो अथाह सम्भावनाको खेल हो। राजीतिमा कोही स्थायी मित्र पनि हुँदैन, कोही स्थायी शत्रु पनि हुँदैन। नेपालमा यी सबै भनाइहरू लागू भएकै छन्। जनता ती सबै प्रयोगका साक्षी फड्के किनारामा बसिरहेकै छन्।

अब सरकार कसरी बन्छ त ?
सरकार बन्ने अहिले पाँच जीवित सम्भावना देखिन्छन्। कुनैको सम्भावना अलि बढी होला, कुनैको कम। तर, सत्ता राजनीति अत्यन्त तरल स्थितिमा पुगेको यतिबेला कुनै पनि सम्भावना नम्बर एकमा पुगेर सरकार बन्न सक्छ।

सम्भावना–१ : वर्तमान सत्तारूढ गठबन्धनकै सरकारको निरन्तरता
सम्भावना–२ : वामपन्थी गठबन्धनको सरकार
सम्भावना–३ : एमाले समर्थनमा माओवादी सरकार
सम्भावना–४ : कांग्रेस र एमालेको आलोपालो सरकार
सम्भावना–५ : एमालेको समर्थनमा कांग्रेस सरकार

प्रकाशित मिति: : 2022-12-08 11:07:00

प्रतिकृया दिनुहोस्