देउवा गए भट्टराईको जन्मोत्सव मनाउन

शनि शाक्य

ललितपुर

प्रधानमन्त्री शेरबहादुर देउवाले सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा सङ्कल्प पूजा र दीप प्रज्वलन गरेका छन्।

सोमबार ललितपुरको बाँडेगाउँमा ज्ञान महायज्ञ(सप्ती हजार यज्ञ) मा देउवाले सङ्कल्प पूजा र दीप प्रज्वलन गरेका हुन्।

विसं २०१५ मा  संसद्को पहिलो सभामुख भएका भट्टराई विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदको प्रधानमन्त्रीभएका थिए।

आजबाट सुरु भएको महायज्ञ मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ। कृष्णप्रसाद भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो।

प्रकाशित मिति: : 2022-12-05 17:32:00

प्रतिकृया दिनुहोस्