
बिएल संवाददाता
दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन्। सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको अधिकारीहरुले बताएका छन्।
सुरुमा लगभग ७०० मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ।
इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसीएन)को रातो सूचीमा सन् २००८ देखि क्यास्पियन सिलहरूलाई लोपोन्मुखको रूपमा वर्गीकृत गरिएको छ।
क्यास्पियन पर्यावरण संरक्षण केन्द्रका प्रमुख जाउर गापिजोभले सीलहरू लगभग दुई हप्ता अघि मरेका एक विज्ञप्तिमा बताएका छन्।
जनावर मारिएको वा माछा मार्ने जालमा फसेको भन्ने कुनै प्रमाण नभेटिएको उनले बताए । सुलक र शुरिन्काको नदीको मुखमा ठूलो संख्यामा मृत सिल फेला परेका दागेस्तान क्षेत्रको प्राकृतिक स्रोत र वातावरण मन्त्रालयले टेलिग्राममा लेखेको छ।
विज्ञहरूले सिलबाट नमूनाहरू संकलन गरेका छन् र मन्त्रालयले प्रयोगशालाको नतिजा आएपछि मृत्युको कारण पत्ता लगाउने जनाएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया