
बिएल संवाददाता
म्यान्मारका स्वतन्त्र पत्रकार म्यो सान सोलाई एउटा सैन्य अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ।
अदालतले सजाय सुनाएलगत्तै उनलाई फ्यापौंबाट पतैं जेलमा सारिएको परिवारिक स्राेतले जनाएको छ। फ्यापौं जेलमा १० वर्ष वा सोभन्दा कम सजाय पाएका कैदीहरूलाई मात्रै राखिन्छ।
म्यो सान सोलाई काउन्टर टेररिज्म एक्टको धारा ५० (जे) अन्तर्गत १० वर्ष र धारा ५२ (ए) अन्तर्गत ५ वर्षको सजाय सुनाइएको आरएफएले उल्लेख गरेकाे छ।
उनी म्यान्मारकाे सैन्य 'कू'विरोधी स्वतन्त्र पत्रकार हुन्। स्वतन्त्रता र प्रजातन्त्रकाे पक्षामा वकालत गर्छन्। उनीमाथि सैन्य आतंक र डरबाट जाेगिनका लागि भागेका कैयाैँ युवाहरूलाई मद्दत गरेकाे र पीपुल्स डिफेन्स फोर्स (पीडीएफ) सदस्यहरूसँग सम्पर्क बढाएकाे आराेप समेत छ।
म्यान्माका स्वतन्त्र पत्रकार म्यो सान सोलाई एउटा सैन्य अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । उनलाई फ्यापौं कारागारबाट पतैं कारागारमा सारिएको परिवारिक स्राेतले जनाएको छ । उनी सैन्य कूविरोधी स्वतन्त्र पत्रकार हुन् । pic.twitter.com/sC42ARW64y
— Sudha Myanmar (aatri) (@SudhaBurmese) December 5, 2022
सेनाविरूद्धकाे आन्दोलनमा भाग लिएकाे आरोपमा पत्रकार म्यो सान सोलाई सन् २०२२ अक्टोबर २९ मा पक्राउ गरिएको पहिचान नखुलाउने सर्तमा परिवारका एक सदस्यले बताएका छन्।
सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेपछि सैन्य जुन्ताले प्रतिबन्ध लगाई बन्द गरेका म्यान्माली सञ्चार संस्था द अय्यारवाड्डी टाइम्स, बिएनआइ र डेल्टा समाचार एजेन्सीका लागि उनले स्वतन्त्र पत्रकारको रुपमा काम गर्थे।
म्यान्मारकाे एउटा तथ्यांकअनुसार सैन्य 'कू'पछिको २२ महिनामा देशभर १४३ पत्रकार पक्राउ परेका छन् भने ४७ जना अझै जेलमा छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया