माओवादी बैठक : एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला रहेको स्पष्ट पारेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन्।

सरकार गठनबारे विभिन्न विकल्पहरु खुला रहेकाे विषयमा छलफल भएकाे उनले बताए। ‘हालकाे गठबन्धन छोड्ने निर्णय गरिएको छैन तर अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ’, बैठकपछि उनले भने।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको समेत उनले बताए।

प्रकाशित मिति: : 2022-12-03 18:03:00

प्रतिकृया दिनुहोस्