बिएल संवाददाता
श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ।
त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन्।
पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उनले थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए।
पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो। तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारणले पर्यटन व्यवसायमा झड्का लागेको छ। श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ।
श्रीलङ्काको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया