इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या

File Photo
File Photo

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई गोली हानेर हत्या भएकोे छ।

इस्फाहानको मध्य सहरमा भएको आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको  स्थानीय डेपुटी गभर्नर मोहम्मद–रेजा जन्नेसरीले जानकारी दिए।

ती व्यक्ति आइआरजीसी बसिज मिलिशियाको सदस्य रहेको बताइएको छ। नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार प्रहार गर्दा एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको मृत्यु भएको थियो।

दुई महिनाभन्दा बढी लाो समयदेखि चलेको विरोधले इस्लामिक गणतन्त्र इरान अस्तव्यस्त छ। १६ सेप्टेम्बरमा एक युवतीको मृत्युको विरोधमा इरानभर प्रदर्शन चर्किएको छ। प्रदर्शनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन्।

प्रकाशित मिति: : 2022-11-29 07:32:00

प्रतिकृया दिनुहोस्