म्यान्मारमा १३.३ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध बरामद

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागुऔषध) जफत गरेको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार लागुऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे पूर्वी शान राज्यको ताचिलेक टाउनसिपमा रहेको एउटा घरमा छापा मारेर सो परिमाणको लागुऔषध बरामद गरेको हो।

कारबाहीका क्रममा घरबाट एक सय १३ दशमलव ४ किलो ह्याप्पी वाटर, ३५ हजार थान इरिमिन–५ ट्याब्लेट र एउटा होन्डा गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घरको मालिकलाई देशको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत कारबाही सिफारिस गरिएको छ। सो घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: : 2022-11-28 07:42:00

प्रतिकृया दिनुहोस्