रेशम चौधरीकी कान्छी श्रीमती आशा र छोरी अविलाशा भएको खुलासा (भिडियोसहित)

यतिबेला रेशम चौधरी संरक्षक रहेको 'नागरिक उन्मुक्ति पार्टीको' चर्चा निकै चुलिएको छ। टीकापुर घटनामा संलग्नताको अभियोग लागेर दोषी ठहरिएका चौधरी कैद भुक्तानका लागि जेल जीवन भोगिरहेका छन्। उनकी जेठी श्रीमती रञ्जिता श्रेष्ठ उक्त पार्टीको अध्यक्ष रहेकी छिन्।

उनी यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ। अन्य दुई क्षेत्रमा समेत पार्टीले जितेको छ। २०७४ सालमा रेशम यही क्षेत्रबाट निर्वाचित भएका थिए।

नागरिक उन्मुक्ति पार्टीको मुख्य एजेण्डा सुशासन, समृद्धि र पहिचान हो। यतिमात्रै नभई न्याय र अधिकारसहितको पहिचान पार्टीको पहिलो मुद्दा हो। राज्यबाट पहिचान मेटाउन अनेक प्रपञ्च रचिएपछि विद्रोही गर्भबाट जन्मिएको थियो, नागरिक उन्मुक्ति पार्टी।

स्थापनाको ९ महिनामा यो पार्टीले पश्चिम तराईका थारुबाहुल्य जिल्लामा जबरजस्त पहिचान बनाइरहेको छ। खासगरी यो पार्टी कैलाली जिल्लामा प्रमुख राजनीतिक शक्तिको रुपमा उदाउँदैछ। राज्यको मूल प्रवाहभन्दा निकै पर रहेको थारु, दलित र विपन्न समुदायले यस पार्टीलाई आफ्नो मानेका छन्।


त्यसैले पार्टीको आग्रहमा कैलालीमा सबै नागरिक यतिबेला विजय उत्सव मनाइरहेका छन्। यसले पनि देखाउँछ, पार्टीले कैलालीका जनताको अपार साथ र माया पाएको छ। यहाँका जनताले रेशमलाई राज्यले अन्याय गरेको भन्दै अभूतपूर्व साथ र समर्थन दिइरहेका छन्। उनीहरु आफ्नो पहिचान रेशमबाटै स्थापित हुने स्वैरकल्पनासहित जयजयकारको नारा लगाईरहेका छन्।

उनीहरु सिंगो राज्यले सुन्नेगरी गगनभेदी नाराबाट भन्दैछन्, ‘रेशम दाइ हाईहाई, रञ्जिता भाउजु हाईहाई!' रेशमलाई जेलबाट छुटाउने उनीहरुको एकमात्र ध्येय छ।

तर, यसमा आवद्ध कार्यकर्ता र सुवेच्छुक र सिंगो देशका लागि भने एक आश्चर्यजनक खबर छ। त्यो हो, उनकै घरको चौघेराभित्र बसिरहेकी एक महिलाको। 

 ती महिला हुन्, आशा चौधरी। उनी आफूलाई रेशम चौधरीकी कान्छी श्रीमती बताइरहेका छन्।

आशा र रेशमबाट एउटी छोरी जन्मेकी छन्, अविलासा । अहिले उनी नाै वर्षकी छिन्।


कार्तिक ८ गते पार्टीले कैलाली-१ मा भव्य विजय जुलुस मनाइरहेको बेला आशा रेशमकै जेठी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको विजय जुलुसमा सहभागी भएकी थिइन्।

रञ्जिता विजयी उम्मेदवारका रुपमा टीकापुरका सडकमा गाडीमा फूलमाला र अविरले रंगिइरहँदा उनी अर्को एउटा गाडीभित्र भित्र  थिईन।

विजय जुलुसको अधिकांश समय उनी गाडीभित्रै रहिन् । उनी बिहीबार मात्रै आफ्ना श्रीमान रेशमको पार्टीको जुलुसमा सहभागी हुन बर्दियाबाट कैलाली आएकी थिइन्। आशा छोरी अविलाशासहित बर्दियामा  बस्दै आएकी छन्।

बिहीबार टीकापुरको विजय र्यालीमा भेटिएकी आशाले बिएल नेपाली सेवासँग भनिन्, ‘नमस्कार!, म रेशम चौधरीको कान्छी श्रीमती। मैले रेशम चौधरीज्यूको जेठी श्रीमतीलाई बधाई दिएँ। माला लगाइदिएँ।'

'अहिलेसम्म म मेरो आफ्नै घरगृहस्थीमा व्यस्त थिएँ। म खास्सै बाहिर आइनँ', तपाईं अहिलेसम्म कहाँ हुनुहुन्थ्यो? भन्ने प्रश्नमा हाँस्दै भनिन्। आफ्ना श्रीमानको पार्टीले जित्नु भनेको टीकापुरका जनताको जित भएको उनले उनले संक्षिप्त प्रतिक्रिया दिइन्।

सोही गाडीमा थिइन्, रेशम चौधरीकी कान्छी श्रीमतीबाट जन्मिएकी छोरी अविलाशा चौधरी। मुस्कुराउँदै रेशमकी छोरीले भनिन्, 'नमस्कार! म अविलाशा चौधरी। म बुबाको पार्टीमा आएको हो। म बर्दियामा बस्छु।’

बिहीबार टीकापुरको विजय जुलुस नियाल्दा यहाँ रेशमको महिमा गाउनेहरुको कमी थिएन। यहाँ रेशमको जबरजस्त क्रेज छ। रेशममाथि आफूहरुले वर्षौँवर्षदेखि पाएको पहिचान दिलाउने आशा कैलालीबासी थारु समुदायको छ। त्यसमा एक महिला थपिएकी छिन्, आशा चीधरी जाे रेशमकी कान्छी श्रीमती हुन्। एक किशोरी थपिएकी छिन् अविभलासा चौधरी, जो रेसमकी छोरी हुन् ।

प्रकाशित मिति: : 2022-11-25 21:52:00

प्रतिकृया दिनुहोस्