बिएल संवाददाता
तेस्राेपटक बैतडेली जनताबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युवाहरुले विजयाेत्सव मनाएका छन्। करिब २ घण्टासम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले ‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’ भन्दै नारा लगाए।
सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १० वर्ष पुुरा भइसकेको छ। थप पाँच वर्षे कार्यकाल पाएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी पाँच वर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौतीको खेप्नुपर्ने छ।
भण्डारीले नेपाल-भारत सीमा नदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थित प्राविधिक शिक्षालयहरूको स्तरोन्नति, सडकहरूको स्तरवृद्धि, सामुुदायिक कलेजहरूलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजीवन उकास्ने एजेण्डासहित चुनावमा प्रतिस्प्रधा गरेका थिए।
भण्डारी चुनावका बेला विभिन्न समयमा बैतडीका हरेक ग्रामिण क्षेत्रमा पुुगेका छन्। जनताले शुद्ध खानेपानी, विद्युतको उपभोग गर्न पाएका छैनन्। जनताले आफूहरुको सहजताका लागि आफ्नो सांसदका तर्फबाट केही न केही भूमिका निर्वाह होस् भन्ने चाहेका छन्।
चुनावी प्रचारका क्रममा भण्डारीले आफू तेस्राेपटक परीक्षा दिन आएको र पास गर्ने वा फेल गर्ने जनताकै हातमा रहेकाे बताएका थिए। उनलाई जनताले भारी मतान्तरले उत्तीर्ण गराइसके, अब उनले बैतडीकाे विकास र समृद्धिमा के-कस्ताे काम गर्नेछन्, त्यो आगामी पाँच वर्षले देखाउनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया