बिएल संवाददाता
कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रदेशसभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थियो।
प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे। देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर चार हजार ५६ छ। यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो।
प्रदेशसभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भएका थिए। बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे।
यसअघि यो क्षेत्रमा नेकपा (एमाले)का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित भएका हुन्।बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया