देश चुनावी माहाेलले तातिरहेकाे छ। मतगणना जारी रहँदा राजनीतिमा नयाँ–नयाँ परिदृश्यहरु देखिइरहेका छन्। देशमा प्रमुख दलहरुले नमिठाे हार व्यहाेरिरहेका छन् भने नयाँ पुस्ता चम्किने क्रम निरन्तर जारी छ। यही गतिमा दलका शीर्ष नेताहरुले अप्रत्यारिलाे हर व्यहाेर्न पुगेका छन्।
पार्टीका नेताहरुले आफ्नाे गण भनेका क्षेत्रबाट हार व्यर्होनु परेको छ। के नेताहरुले आफ्नो पार्टी पक्तिंबाट धोका पाएका हुन् ? कि जनताहरुलाई नयाँ अनुहारको खाँचो भएको हो। अझै गठबन्धनका उम्मेदवारहरुले त आफ्नाेले मत नदिँदा हार व्यहार्नु परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्, रवि लामिछाने। उनकाे नेतृत्वमा साे पार्टी खुलेको धेरै समय भएको छैन। तर, उनको पार्टीको माहोल हेर्दा पुरानो पार्टीको भन्दा कम छैन। उनको पार्टीको उम्मेदवार राम्रो कि पार्टी राम्रो भन्ने बिषय पनि अहिले हरेक ठाँउमा सुन्न पाइन्छ।
अझै विशेष गरेर गाँउ घरमा मतदाताहरुले रवि नै हो भनेर पनि घण्टी चिन्नमा मतदान गरेका छन्। उनका उम्मेदवारहरुले अहिले चार ठाँउमा विजय हासिल गरिसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वातन्त्र पार्टी राष्ट्रिय पार्टी हुन्न भन्दै आइरहेका थिए। उनले घण्टीका उम्मेदवारको एक सिट आउँदा केही फरक नहुने पनि जिकिर गरेका थिए। अब राष्ट्रिय स्वतन्त्र पार्टी देशको राष्ट्रिय पार्टी हुन कसैले पनि रोक्न सक्दैन। याे सामाग्री तयार गर्दासम्मकाे मतगणना हेर्दा ओलीले भनेको भन्दा तीन सिट बढी आइसकेको छ। यसो हो भने एमाले अध्यक्ष ओलीले आफ्नाे अनुहार कहाँ गएर लुकाउँछन्। अहिले यो लेख लेख्दासम्म एमाले भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ।
यता, सत्ता गठबन्धन भने राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा केही पनि बढी नबोलेर माैन बसेको छ। बोलेको भए पोलिन्थ्यो।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडाैँ– २ बाट सोबिता गौतम, काठमाडाैँ– ७ गणेश पराजुली, काठमाडाैँ– ८ बाट विराजभक्त श्रेष्ठ र काठमाडाैँ– ६ बाट शिशिर खनालले विजयी हासिल गरिसकेका छन्। अहिले काठमाडौँका हरेक चोक र गल्लीहरुमा घण्टीको आवाज बजिरहको छ।
जनताले अहिले राजनीतिक दलहरुको आलोचना मात्र गरिरहको छन्। तर, जनताले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई नहेरिकन व्यक्ति हेरेर मत दिएको आँकलन पनि लगाउन सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु अहिलेसम्म केहीमा पनि नफसेका र उम्मेदवारहरु पनि आ–आफनो काममा विज्ञता भएका उम्मेदवारहरु थिए। तर, साझा गठबन्धनबाट उम्मेदवार भएका उम्मेदवारहरुले आफ्नाे पार्टीबाट धोका पनि पाए भने जनताहरुले पनि नरुचाएको देखियो।
अहिले सबै ठुला पार्टी र नेतामा घण्टी बजिरहको छ। धेरै नेताले के गर्न सक्थ्यो र, कहाँबाट सिट जित्छन् भन्थ्यो। तर, सोचेको भन्दा फरक भयो र घण्टी चारैतिर बज्यो। अहिलेसम्म सामानुपातिक तर्फको मत हेर्दा माओवादीभन्दा धेरै मत ल्याउने सफल भएको छ। माओवादी केन्द्रमा मज्जाले बजिराखेको छ, घण्टी।
के जनता राजनीतिक पुराना दल र पुरानै उम्मेदवारसँग वाक्क भएका हुन् ? कि आफ्नाे उम्मेदवारहरुले गरेका वाचा पूरा गर्न नसकेर यस्तो भएको हो। सोचेभन्दा धेरै फरक भयो, यो पालिको चुनावमा राजनीतिक दलहरुलाई। हुन पनि हो, चुनाव जित्नको लागि जे पनि बोलछन् तर जितेपछि काम भने शुन्य नै हुन्छ, त्यही भएर होला जतात्तै घण्टी बज्छ। घण्टी चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारहरु जनतालाई झुकाएका छैनन्। किनभने, उनीहरुको यो पहिलो उम्मेदवारी हो र पहिलो विजय हो। अब उनीहरुले पनि जनताको हक/हितमा कति आवाज उठाँउछन् र काम गर्छन् हेर्न बाँकी छन्।
पहिला अरु पार्टीका नेताहरु जितेर जाने र उनी आफ्नाे क्षेत्र कहिले नजाने भएर पनि होला यो पटक मज्जाले घण्टी बजेको। अहिलेसम्म हेर्दा घण्टी चिन्हबाट उम्मेदवार भएका ४ जनाले जितिसकेका छन्, भने ५ ठाँउमा अग्रता कायम गर्न सफल भएका छन्।
ठुला नेताहरुलाई अब राम्रोसँग थाहा भयो, घण्टी बज्दा के हुन्छ भनेर। नयाँ अनुहार अब सांसदमा प्रवेश गर्ने भयो। थुप्रै पुरानो नेता र मन्त्रीहरु चिलिम फर्किए। उनीहरको ठाँउबाट जनताहरुले नयाँलाई चयन गरे।