बिएल संवाददाता
पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित भएका छन्। पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका छन्।
बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएका पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए। उनले प्रदेशसभातर्फ ४ (१) मा शङ्करप्रसाद चौधरी र (२) मा जसपाका उम्मेदवार सिंघासन साह कलवार निर्वाचित भएको बताए।
एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै शङ्कर चौधरी दोस्रोपटक निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए।
उनले क्षेत्र नं ४ (२) मा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई दुई हजार सात सय ४५ मतान्तरले पराजित गर्दै सिंघासन साह कलवार दोस्रोपटक निर्वाचित भएको बताए।
उनान्तीस हजार मतगणना गर्दा कानुले १२ हजार छ सय ४० मत प्राप्त गर्दा कलवारले १५ हजार तीन सय ८५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया