बिएल संवाददाता
बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ। बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा थारुले छ हजार दुई सय मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जय गौतमले पाँच हजार तीन सय ४६ मत प्राप्त भएको छ।
त्यसैगरी नेकपा (एमाले)का लक्ष्मण ज्ञावलीले चार हजार ४० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हाल बारबर्दिया नगरपालिकाको मतगणना भइरहेको छ। क्षेत्र नं २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी अग्रपङ्तिमा देखिएका छन्।
उनले १६ हजार चार सय ५८ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी)का सुरेश पन्थले १० हजार आठ सय ९३ र नेकपा एमालेका पङ्कजसिंह राठौरले ६ हजार पाँच सय ५५ मत ल्याएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया