बिएल संवाददाता
बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ। बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा थारुले छ हजार दुई सय मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जय गौतमले पाँच हजार तीन सय ४६ मत प्राप्त भएको छ।
त्यसैगरी नेकपा (एमाले)का लक्ष्मण ज्ञावलीले चार हजार ४० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। हाल बारबर्दिया नगरपालिकाको मतगणना भइरहेको छ। क्षेत्र नं २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी अग्रपङ्तिमा देखिएका छन्।
उनले १६ हजार चार सय ५८ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी)का सुरेश पन्थले १० हजार आठ सय ९३ र नेकपा एमालेका पङ्कजसिंह राठौरले ६ हजार पाँच सय ५५ मत ल्याएका छन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया