काठमाडौँ –९ मा एमाले अघि

काठमाडौँ क्षेत्र नं ९ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्ण गोपाल श्रेष्ठ अगाडि रहेका छन्।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनले दश हजार चार सय ९० मतले अग्रता लिएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले नौ हजार दुई सय ६५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले पाँच हजार छ सय ४२ मत प्राप्त गरेका छन्।

 अहिलेसम्म र ३७ हजार नौ सय ४९ मतगणना भएकामा एक हजार पाँच सय ९२ मत बदर भएको छ। 

प्रकाशित मिति: : 2022-11-22 12:31:00

प्रतिकृया दिनुहोस्