बिएल संवाददाता
सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गरेका छन्।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले तीन हजार सात सय २२ मत प्राप्त गरेका छन्। क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात सय १० र एमालेका युद्धविक्रम लामाले तीन हजार तीन सय २४ मत प्राप्त गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन्। जारी मतगणनामा बस्नेतले चार हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले दुई हजार नौ सय ३९ मत प्राप्त गरेका छन्।
क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल चार हजार पाँच सय २९ एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया