मलेसियामा त्रिशंकु संसद

बिएल संवाददाता

क्लालम्पुर

मलेसियाको निर्वाचनपछि त्रिशंकु संसद खडा भएको छ। विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जितेका छन्। तर, उनको पाकाटन हारापान गठबन्धनले बहुमत ल्याउन सकेन। इस्माइल साबरी याकोबको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा नराम्रो चुनावी पराजय भोगेको छ, जसमा १७८ सिटमा मात्रै ३० सिट जितेको छ।

दिग्गज राजनीतिज्ञ महाथिर मोहम्मदले नराम्रो पराजय चाखेका छन्। महाथिरले ५३ वर्षमा पहिलो हार बेहोरेका हुन्।

९७ वर्षीय महाथिरले दशकौंसम्म मलेसियाको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए। उनी पहिलो पटक १९८१ देखि २००३ सम्म देशको प्रधानमन्त्री भएका थिए। उनलाई सन् १९८० को दशकदेखि देशको द्रुत आर्थिक परिवर्तनको श्रेय दिइयो। 

देश अहिले राजनीतिक रूपमा अस्थिर छ। सन् २०१८ को निर्वाचनपछि  देशमा तीन पटक प्रधानमन्त्री बनेका छन्।

प्रकाशित मिति: : 2022-11-21 12:49:00

प्रतिकृया दिनुहोस्