ललितपुरमा निर्वाचनको तयारी पूरा (तस्बिरहरु)

शनि शाक्य

ललितपुर

भोलि हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य निर्वाचनको लागि ललितपुरमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता सुधिरराज शाहीका अनुसार ललितपुर जिल्लाका तीन वटै क्षेत्रमा निर्वाचनको सबै तयारी पूरा भएको छ।

ललितपुरका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३१ भन्दा धेरै मतदानस्थल रहेका छन्। निर्वाचन सुरक्षाका लागि ३ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2022-11-19 18:15:00

प्रतिकृया दिनुहोस्