मेराे बाआमाकाे सपना थियाे, छाेरालाई धेरै पढाउने। सायद घरकाे एक्लाे र कान्छाे छाेराे भएरपनि हाेला मलाई कलेज पढाउनु मेराे बाआमाकाे ठूलै धाेकाे थियाे। उहाँहरू सधैँ भनिरहनुहुन्थ्याे, ‘हामीले पढ्न नपाएपनि तैँले धेरै पढ्नुपर्छ। हाम्रो सट्टा पनि तैँले पढ है बाबु!’
उहाँहरूकाे कुरा सुनेर म टाउकाे हल्लाउँदै ‘हुन्छ’ मा जवाफ दिन्थेँ। बाआमाले मलाई त्यति धेरै माया गर्नुहुन्थ्यो कि घरायसी कुनै पनि काम लगाउनु भएन। खेतमा गएर काम गर्न खोज्दा मलाई गाली गर्दै भन्नुहुन्थ्यो, ‘पढ्न छोडेर किन खेतमा आएको, जा गएर पढ!’ उहाँहरूकाे गाली सुनेपछि म चुपचाप पढ्न थाल्थेँ।
मप्रति मेराे मातापिताकाे लगाव देख्दा लाग्थ्याे कि म दुनियाँकै भाग्यमानी छाेरा हुँ। जसकाे हरेक इच्छा बाआमाले सजिलै पूरा गरिदिनुहुन्छ।
हुनत पढाई मेराे रूचीकाे विषय थिएन। तर पनि म सधैँ स्कुल जाने गथेँ। मलाई जसरी हुन्छ, स्कुलकाे पढाई सकेर कलेज पढ्नु थियाे। मलाई मेरा बाआमाकाे सपना पूरा गर्नुथियाे।
कक्षा १० मा पढ्दै गर्दा मलगायत मेरा साथीहरूले याेजना बनाएका थियाैँ, एसईई सकेर सबै साथीहरू दाङमा बस्ने अनि एउटै कलेजमा होटेल म्यानेजम्यान्ट पढ्ने। तर साेचे जस्ताे के नै हुँदाे रहिछ र!
१० कक्षा पार गरिसकेपछि सबै साथीहरू लाखापाखा लागे। त्यसपछि सँगै बस्ने र पढ्ने भनेर वाचा गरेका साथीहरूसँग कहिल्यै भेट नै भएन।
दाङमा पढ्ने सपना टुटेपछि बाआमाकाे सल्लाहमा मलाई काठमाडाैं पठाउने कुराे भयाे। काठमाडाैंमा मेराे ठूलाे बाकाे छाेरा हुनुहुन्थ्याे। उहाँ काठमाडाैंमा जागिरे हुनुहुन्थ्याे। त्यसैले मलाई उहाँसँग नै राख्ने पक्का भयाे। भाइ काठमाडाैंमा पढ्छ भन्ने कुरा थाहा पाएर दाइ मलाई लिनका लागि राेल्पा आउनुभयाे।
काठमाडाैंबाट राेल्पा आउनुभएका दाइले मेराे टाउकाेमा सुम्सुमाउँदै भन्नुभयाे, ‘केटाे, अब काठमाडाैं गएर पढ्नुपर्छ है।’
गाउँमा बस्ने जाे काेहीँकाे रहर हुन्छ, काठमाडाैं सहर गएर पढ्नु। मेराे पनि रहर थियाे, झिलीमिली काठमाडाैं बसेर पढ्नु। तर मेराे मन भने साथीहरूमा नै अड्किएकाे थियाे। बच्चैदेखि सँगै पढेका साथीहरूसँग नभेटिकन काठमाडाैं जाने मेराे मनै थिएन।
म काठमाडाैं जानुअघि साथीहरूसँग भेट्न चाहन्थेँ तर उनीहरूसँग भेट्न कुनै सम्भव नै थिएन। न हाम्राे घर नजिक थियाे न त सम्पर्क गर्नुका लागि कुनै माेबाइल फाेनै। त्यहीँ कुराले नै मेराे मन पाेलिरहेकाे थियाे।
साथीहरूसँग नभेटिकन नै काठमाडाैं जानुपरेकाे कारण दुख लागिरहेकाे थियाे। काठमाडाैं जानु अघिल्लाे दिन दाइसँग बजारमा घुम्न गएकाे थिएँ। भाग्यबसत्यहीँ बजारमा मैले मेरा उहीँ साथीहरूलाई भेटेँ।
बजारमा साथीहरूलाई भेटेर यति खुसी थिएँ कि उनीहरूलाई एक्कासी अँगालाे हाल्न थालेँ। उनीहरू पनि उत्तिकै खुसी भइरहेका थिए जति म थिएँ।
मैले साथीहरू भन्न थालेँ, ‘साथीहरू म पढ्नकाे लागि काठमाडाैं जादैँछु।’ उनीहरूले पनि मलाई भनिरहेका थिए, ‘राम्राेसँग जा, राम्राेसँग पढ तर काठमाडाैं गएर हामीलाई नबिर्सनु है।’
साथीहरूसँग भेटेर खुसी भएकाे म भाेलिपल्ट बिहान बाआमाकाे खुट्टा ढाेगेर आशिष लिँदै काठमाडाैंकाे लागि गाउँबाट निस्किएँ। बालाख बिताएकाे गाउँलाई छाेड्न पर्दा मन भारी भइरहेकाे थियाे तर मलाई मेरा आदरर्णीय मातापिताकाे सपना पनि त पूरा गर्नु नै थियाे।
राेल्पाबाट हिँडेकाे दुई दिनपछि दाइ बस्ने डेरा काठमाडाैं (बूढानीलकण्ठ) आइपुग्याैँ। त्यसपछि काठमाडाैं आएकाे केहीँ दिनपछि नै म ‘तक्षशिला एकेडेमी कलेज’ भर्ना भएँ। अनि कलेज लाग्न थालेकाे पहिलाे दिनदेखि नै कलेज जान थालेँ।
पहिलाे पटक कलेज जाँदा भावुक हुँदै साेच्न थालेँ, ‘कलेज पठाउने मेरो बाआमाको सपना आज बल्ल पूरा भयो।’