राजनीतिमा हाेमिएका यी भारतीय अभिनेत्री

सामान्यतया पछिल्लो समय युवाहरु राजनीतिबाट वितिष्णा भईरहेको समयमा भने कलाकारहरूको राजनीतिमा चासो र आवद्धता बढेको पाइन्छ। धेरै कलाकारहरू विभिन्न राजनीतिक पार्टीसँग झुकाव राख्छन् भने केही कलाकारहरू सक्रिय राजनीतिमै होमिएका छन्। सक्रिय राजनीतिमा होमिएकाहरूको संख्या धेरै ठूलो छैन। 

तर पछिल्लो समय नेपाल, भारत, बगंलादेश आदि लगायत देशहरुका कलाकारहरु राजनीतिमा सक्रिय रुपमा लागेका छन्। यस्तै भारतीय अभिनेत्रीहरु पनि राजनीतिमा निकै सक्रिय रुपमा रहेका छन्। जाे आफ्नाे कलाकारिता सँगै राजनीतिमा लागी परिरहेका छन्। 

राजनीतिमा हाेमिएका यी भारतीय अभिनेत्रीहरूः
१. हेमा मालिनी 

बलिउड ड्रिम गर्ल हेमा मालिनी भारतीय जनता पार्टीबाट सन् २००३ देखि २००९ सम्म ६ वर्षका लागि राज्यसभामा निर्वाचित भएकी थिइन्। 

उनी राज्यसभामा निर्वाचित हुँदा सन् २०१० मा महासचिव बनेकी थिइन्। राज्यसभामा रहँदा उनले भारतीय जनताका लागी र पार्टीका लागी लाेकप्रिय काम गरेकी थिइन्। यस्तै उनले सन् २००४ को चुनावमा आरएलडी पार्टीविरुद्ध चुनाव लडिन् र  लोकसभामा सांसद चुनिइन्। 

२. जया बच्चन

कुनै बेलाका बलिउडमा एकछत्र राज गरेका अभिनेता अभिताभ बच्चनकाे श्रीमती जया बच्चन भारतीय समाजवादी पार्टीकी सदस्य तथा सांसद हुन्। 

जब सन् २०१४ मा  समाजवादी पार्टी विभाजन भयाे। अमर सिंहले पार्टी विभाजनका लागि उनलाई दोषी ठहराए। तर  पनि उनी मौन रहेकी थिइन् र परिपक्व भएर काम गरेकी थिइन्।

३. किरण खेर 

भारतीय अभिनेत्री किरण खेर सन् २००९ मा भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् र उनी एक सक्रिय राजनीतिज्ञ हुन्। उनी जहिले पनि देशभरका महिलाका लागि पनि मानव अधिकारका लागि उभिएकी छिन्। उनले लाडली भनिने बालिकाको हत्याहुनबाट जोगाउने अभियानको नेतृत्व समेत गरेकी थिइन्।

४. स्मृति इरानी
कुनै समयमा बलिउडमा निकै नाम कमाएकी स्मृति इरानी शिक्षामन्त्रीमा नियुक्त भएपछि झन् चर्चामा चर्चामा आएकी थिइन्। 
भारतीय जनता पार्टी (भाजपा) बाट आफ्नाे राजनैतिक यात्रा शुरू गरेकी स्मृति एक सफल नायिका सँगसगै सफल राजनेता सम्म बनिन्।

उनलाई भारतीय जनता पार्टी (भाजपा)ले चुनाव जितेपछि नरेन्द्र मोदीले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।तर पछि उनलाई शिक्षामन्त्रीबाट पदच्युत गरियो र टेक्सटाइल मन्त्री बनाइयो।

५.नग्मा
भारतीय सिनेमा जगतकी नायिका नग्मा भारतीय कांग्रेस पार्टीकी सदस्य हुन्। 
उनलाई भारतीय जनता पार्टीले उनीहरूसँग सामेल हुन आग्रह गरेको थियो, तर राजीव गान्धीले गरेकाे प्रशंसाको कारण, उनले अस्वीकार गरिन्।
केन्द्रीय मन्त्री विलासराव देशमुखको निधनपछि उनले सोचेकी थिइन् कि उनी त्यस सीटका लागि मनोनित हुनेछिन् तर उनी थिइनन् ।तर उनको नाममा धेरै विवादहरू भएपछि भने उनकाे सपना चकनाचूर भयाे। 

६. रेखा

रेखाको जन्म सन् १९५४ अक्टोबर १० मा चेन्नईमा अभिनेता जेमिनी गणेशन र अभिनेत्री पुष्पवल्लीको कोखबाट भएको थियो। रेखाले सन् १९६६ मा तेलुगु चलचित्र रंगुला रत्नमबाट बाल कलाकारको रूपमा डेब्यु गरेकी थिइन्। 

रेखा सन् २०१२ मा कंग्रेस पार्टीमा सामेल भएकी थिइन् र उनलाई राज्यसभा सदस्य समेत बनाइएको थियो।

७.उर्मिला मातोंडकर

उर्मिला मातोंडकरले सन् १९८० मा बाल कलाकारको रूपमा चलचित्रमा डेब्यु गरेकी थिइन्। उनले सन् १९८९ मा मलयालम चलचित्र चंकायनबाट नायिकाको रूपमा डेब्यु गरेकी थिइन्। 

यससँगै उनले सन् २०१९ मा राजनीतिमा डेब्यु गरेकी हुन्। उनी मार्च २०१९ मा कंग्रेस पार्टीमा सामेल भएकी थिइन् र मुम्बईबाट लोकसभा चुनाव लडेकी थिइन्।

प्रकाशित मिति: : 2022-11-16 18:14:00

प्रतिकृया दिनुहोस्