'ट्रम्पले अमेरिकालाई असफल बनाए'  

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे नकरात्मक टिप्पणी गरेका छन्। 

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको  आलोचना गरेका हुन्।

पदमा रहँदा ट्रम्पले देशलाई असफल बनाएको राष्ट्रपति बाइडेनले आरोप लगाए। ‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने।

जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन हाल इन्डोनेसियाको बालीमा छन्।

पूर्वराष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन्। राष्ट्रपतिको लागि उम्मेदवार हुन  ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ। अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने घोषणा गरेकी छिन्।

प्रकाशित मिति: : 2022-11-16 15:54:00

प्रतिकृया दिनुहोस्