बिएल संवाददाता
बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो। तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ। सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो।
समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो।
शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए। यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए। रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौं रुपैंयाँको घडी फेला पारेको थियो।
त्यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा झोलाबाट विभिन्न महंगा ब्राण्डका घडी सँगै घडीका खाली बट्टा भेटिएका थिए। कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैंयाँ निकालेको थियो। यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो।
त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैंयाँ कस्टम शुल्क तिरेका थिए। यसको बिल रविकै नाममा बनेको छ। रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन्। सबै प्रक्रिया पुरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छोडेको थियो।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया