कुखुराको काँचो मासुभित्र राखेर बन्दुक तस्कर गर्ने क्रममा विमानस्थलमा पक्राउ

File photo
File photo

संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं। एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन्।

यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन (टीएसए) अधिकारीहरूले समातेका थिए। बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन।

एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ। हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ। अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ।

प्रकाशित मिति: : 2022-11-12 10:34:00

प्रतिकृया दिनुहोस्