बिएल संवाददाता
भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो।
उनलाई तुरुन्तै अस्पताल पुर्याए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए।
सिद्धान्त पछिल्लोपटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए। सिद्धान्त फिटनेसका सौखिन थिए। सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो सेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे।
सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए। उनका दुई सन्तान छन्। यो उनको दोस्रो विवाह हो। यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए। तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए।
जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन। यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया