शौचालयबाट भागेका बुढाक्षेत्री सात वर्षपछि पक्राउ, सुनाइयो ३० वर्ष कैद

बर्दियामा प्रहरीको आँखा छलेर ट्वाइलेटबाट भागेका ठाकुरबाबा नगरपालिका–८ बस्ने आजिब बुढाक्षेत्री सात वर्षपछि पक्राउ परेका छन्। बुढाक्षेत्रीले १५ फागुन ०७२ सालमा ठाकुरबाबा नगरपालिका–८ मै बस्ने जोरे थापाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। 

थापाको हत्यापछि पक्राउ परेका बुढाक्षेत्रीलाई प्रहरीले ३० फागुनमा जिल्ला अदालत बर्दियामा वयानका लागि लगेको थियो। सोही दिन शौचालय जान्छु भन्दै बुढाक्षेत्री शौचालयको भेन्टिलेटर फोडर भागेका थिए।

त्यसपछि उनको खोजि कार्य तिब्र बनाएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। खोजि कार्य गर्दै जाँदा सात वर्ष पछि हिजो (सोमबार) प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बुढाक्षेत्री शौचालयबाट भागेर भारत पुगेकाले पक्राउ गर्न समय लागेको बताए।

उनले भारतबाट उनी घरमा आएको सूचनाका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरी कारागार पठाएको जानकारी दिए।

बुढाक्षेत्रीलाई तोकियो ३० वर्ष कैद 

हत्या अभियोगमा पक्राउ परेका बुढाक्षेत्रीलाई दुई वटा मुद्धा लगाएर अदालतले ३० वर्ष कैद सजाय तोकेको छ। २४ पुस ०७३ मा जिल्ला अदालत बर्दियाले उनलाई कर्तव्य मुदा र थुनुवा व्यक्ति भागेको मुद्धा गरी ३० वर्ष कैद साजय तोकेको हो।

अदालतको फैसलामा कर्तव्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन र थुनुवा भागेको मुद्दामा थप दिन कैद सजाय तोकेर ३० बर्ष कैद सजाय तोकिएको छ।
 

प्रकाशित मिति: : 2022-11-08 08:02:00

प्रतिकृया दिनुहोस्