अमेरिकी गायक कार्टरको निधन

File Photo
File Photo

अमेरिकी गायक तथा र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ।

उनी  ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए। वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए। उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे।

'अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौं,' उनीहरूले भने, 'हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन्।' उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2022-11-06 10:04:00

प्रतिकृया दिनुहोस्