शिवसेना नेता सुधीर सुरीको हत्या

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ।

गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-11-05 08:38:00

प्रतिकृया दिनुहोस्