पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार गरिएको छ। गोली प्रहारबाट उनी गम्भीर घाइते भएको जनाइएको छ।
खुट्टामा गोली लागेका खानलाई अस्पताल भर्ना गरिएको छ। उनीमाथि एक व्यक्तिले एके ४७ बाट गोली प्रहार गरेको जनाइएको छ। खान र आक्रमणकारी दुबैलाई अस्पतालमा भर्ना गरिएको छ।
सत्ताच्यूत भएपछि देशभर आजादी मार्च गरिरहेका खानलाई प्रदर्शनकै क्रममा आयोजित एक र्यालीमा गोलीप्रहार गरिएको हो। र्यालीमा सहभागी उनको पार्टीका नेता अन्य तीनजना कार्यकर्ता पनि घाइते भएको जनाइएको छ।
पाकिस्तानी समाचार संस्था डाउन डटकमका अनुसार घटना बिहीबार दिउँसाे भएकाे हो।