निर्वाचनमा प्रयोग गर्न भारतले दियो २०० गाडी उपहार 

भारतले नेपाललाई निर्वाचनमा प्रयोग गर्ने गरी २०० वटा सवारी साधन दिएको छ।

उक्त सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरका छन्।

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। 

भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार दिएको छ।

प्रकाशित मिति: : 2022-11-01 13:31:00

प्रतिकृया दिनुहोस्