ह्यालोविनको भागदौड व्यवस्थापन गर्न राष्ट्रपतिको आह्वान

बिएल संवाददाता

दक्षिण कोरिया

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन्।

राजधानी सीउलमा ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार भिड व्यवस्थापन गर्न आह्वान गरेका हुन्। मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका छन्। 

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते भएका छन्।

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवा युवती छन्। कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति थियो।

प्रकाशित मिति: : 2022-11-01 11:04:00

प्रतिकृया दिनुहोस्