‘नाे नट अगेन’बारे आयाेग भन्छ– चुनाव बिथाेल्ने त्यस्ता साइट र पेजहरू बन्द गरेरै छाड्छाैँ (भिडियाेसहित)

सुदिप बराल

काठमाडौं

निर्वाचन आयाेगले सामाजिक सञ्जालमा साइट, पेज र ग्रुपहरूले चुनाव बिथाेल्ने गरी दुष्प्रचार गरेका कारण कडाइ गरिएकाे बताएकाे छ।

विशेषगरी ‘नाे नट अगेन’ नाम दिएर सामाजिक सञ्जालमा चलिरहेकाे अभियान निर्वाचन आचारसहिंताविपरीत भएकाेले त्यस्ता साइट तथा पेजहरूलाई कारबाही गर्ने बताएकाे हाे।

गत कात्तिक ८ गते आयाेगले प्रेस विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा उम्मेदवार र निर्वाचनबारे गलत प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएकाे थियाे। तर, आयाेगकाे त्याे चेतावनीप्रति धेरैले आपत्ति जनाउँदै नाे नट अगेन अभियानलाई झन सशक्त बनाएका थिए। आयाेगले ती कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाेले कारबाही गरेरै छाड्ने बताएकाे छ।

‘आचारसंहिता कार्यन्वयनमा लैजानु १ महिनाअघि नै सार्वजनिक गरेर विभिन्न संस्था निकाय र पदाधिकारीले गर्नुपर्ने काम के–के हुन् र गर्न नहुने काम स्पष्टसँग प्रष्ट पारिएकाे थियाे,’ निर्वाचन आयाेगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बिएल नेपाली सेवासँग भने,‘अहिलेकाे आचारसंहिता हेर्दा यी कुरा बदनियतपूर्ण तरिकाले गरिएका दुष्प्रचार हुन्।’

सामाजिक सञ्जालबाट आफ्ना उम्मेदवारका राम्रा पक्षहरू आधिकारिक साइट खाेलेर निर्वाचन अधिकृतकाे कार्यालयमा जानकारी गराएर आफ्नाे र आफ्नाे राजनीतिक दलबारे बताउन कहीँकतै राेकावट नरहेकाे आयाेगकाे भनाइ छ। तर, सामाजिक सञ्जालमा चुनाव बिथाेल्ने गरी प्रचार गरे कारबाही गर्ने आयाेगकाे बतायाे।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७, निर्वाचन कसुर ऐन २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०–७९ को दफा ४ मा यससम्बन्धी व्यवस्था गरिएकाे छ।

आयाेगले त्यस्ता साइट तथा पेजहरूलाई कारबाही गर्नकाे लागि फेसबुक र टिकटकका प्रधानकार्यालय र क्षत्रिय कार्यालयसँग छलफल भइरहेकाे बताएकाे छ।

भिडियाे:

‘नाे नट अगेन’ले भरिए सामाजिक सञ्जाल, निर्वाचन आयाेग रनभुल्ल

प्रकाशित मिति: : 2022-10-31 09:40:00

प्रतिकृया दिनुहोस्