भियतनाममा डेंगु संक्रमण कारण एक सय दुई जनाको मृत्यु

File photo
File photo

भियतनाममा यसवर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन्। सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ। नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। 

भियतनामको हो ची मिन्ह सिटी अझै पनि डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रुहेको छ। यस अवधीमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ। राजधानी हनोईमा बाह्र जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी घटनाहरू देखिएका छन्।

डेंगु ज्वरो बाहेक, भियतनामले हालै अन्य रोगहरूको जटिल विकास पनि भएको देखिएको छ। उत्तरी बाक कान प्रान्तमा, आठ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट आएको बताइएको छ। तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ।
 

प्रकाशित मिति: : 2022-10-28 15:06:00

प्रतिकृया दिनुहोस्