जुवा खोलिरहेको अवस्थामा १८ जना पक्राउ

File photo
File photo

काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो।

उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-28 13:52:00

प्रतिकृया दिनुहोस्