इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।
बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ। आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ।
आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।