कारगिलमा सैनिकसँग दीपावली मनाउँदै प्रधानमन्त्री नरेन्द्र

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला उच्च हिमाली विवादित सीमाक्षेत्र कारगिल पुगेका छन्।

‘बेला न कुबेला’ राष्ट्रवादको नारा घन्काउँदै उनी केन्द्र शासित भारतीय राज्य लद्दाखको भ्रमणमा निस्किएका हुन्।

भारतीय सेनाका शीर्ष अधिकारीहरूले मोदीलाई कारगिलमा भव्य स्वागत गरेका छन्। स्रोतका अनुसार उनी सुरक्षाकर्मीको हौसला बढाउन त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री मोदीले पाकिस्तानविरूद्धको कारगिल युद्ध पटकपटक स्मरण गरेका छन्। उनले सीमा क्षेत्रमा खटिएका सैनिक जवानको हौसला बढाएका हुन्।

मोदीले सैनिक जवानसँगै कारगिलमा दीपावली मनाएका छन्। सैनिकहरूको योगदानलाई कदर गर्दै प्रधानमन्त्री मोदीले कविता सुनाएको अधिकारीहरू बताउँछन्।

‘तिहारको अर्थ उत्सव हो। हाम्रा जवानहरूले आतंकवादको अन्त्य गरेका छन्। यो हाम्रो उत्सव हो,’ प्रधानमन्त्री मोदीले भने।

कुनैपनि कुराको अन्तिम विकल्प युद्ध नभएको पनि उनले बताएका छन्। ‘मानिसहरू परिवारसँगै दीपावली मनाउँछन्। तर जवान नै मेरो परिवार हुन्। त्यसैले आफ्नो परिवारसँग दीपावली मनाउन आएको हुँ,’ मोदीले भने।

प्रकाशित मिति: : 2022-10-24 16:51:00

प्रतिकृया दिनुहोस्